news



विराटनगर १४ असोज । कोसी राजमार्ग अन्तर्गत विराटनगर–३ मा भारतीय नम्बरको गाडिले ठक्कर दिदा एक नेपालीको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको एन एल ०१ जी ००१३७ नम्बरको लहरीले को ७ प ४५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार मोरङको कोसीहरैंचा नगरपालिका ३ की ३५ वर्षीय मनिषा बस्नेतको मृत्यु भएको हो ।


मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मनिषाका पति शुक्र बस्नेत सामान्य घाइते भएका छन् । दशैंका लागि सामान खरिद गरेर भारतको जोगवनीबाट फर्कदै गर्दा बस्नेत दम्पत्ती दुर्घटनामा परेको शिवाकोटीले बताए ।

SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment