video



पाकिस्तानका प्रमुख सिनेमा घरमा भारतीय फिल्म प्रदर्शन गर्न बन्द गरिएको छ।सिनेमाघरले यसलाई देशको सैन्यबलको समर्थनमा उठाएको कदम बताएका छन्।

भारत प्रशासित कश्मिरको उरीमा भएको चरमपन्थी आक्रमणमा भारतीय सैनिकको मृत्यु र भारतीय सेनाले नियन्त्रण रेखामा सर्जिकल अपरेशन गरेको दाबी पश्चात दुवै देश बिच तनाव छ।

भारतीय फिल्म निर्माताको संगठनले पाकिस्तानी कलाकारमाथी प्रतिबन्द लगाएको एक दिन पश्चात पाकिस्तानी सिनेमाघरले यस्तो निर्णय गरेका छन्।

पाकिस्तानमा चर्चित सिनेमा चेन सुपर सिनेमाले २९ सेप्टेम्बरमा आफ्नो फेसबुक पेजमा गरिएको पोस्टमा भनेको थियो कि उसले पाकिस्तानी सेनाको समर्थनमा आफ्नो सबै सिनेमाघरमा तुरुन्त भारतीय फिल्मको प्रदर्शन रोक्दै छ।

साथै फेसबुक पोस्टमा भारतीय सिने सामग्रीसंग जोडिएका सिडी र डिभिडीको बिक्रिमाथी पनि रोक लगाउन आह्वान गरिएको छ।

साथै लाहौर उच्च अदालतमा एक निवेदन दर्ता गर्दै पाकिस्तानमा भारतीय फिल्ममाथी प्रतिबन्ध लगाउन माग समेत गरिएको छ।
भारतमा पनि पाकिस्तानी कलाकारको विरोध भइरहेको छ।

महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कालाकारलाई भारत छोड्न धम्की दिएको थियो।
यसै बिच बलिउडका चर्चित नायक सलमान खानले पाकिस्तानी कालकारको बचाव गर्दै उनीहरु आर्टिस्ट भएको आतंककारी नभएको बताएका छन्।
यस्तो बयान पछि सलमान खान आलोचनाको शिकार हुने सम्भावना समेत रहेको छ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment